२४ घण्टाभित्र नतिजा दिने लक्ष्य, ढुक्क भएर मतदान गर्न अपिल
निर्वाचन आयोगको अन्तिम तयारी
मेयरसाप डेस्क
|
२०८२ फागुन २० गते १७:४५
काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत मतदानको तयारी पूरा भएको जानकारी दिँदै आम मतदातालाई निर्धक्क भएर सहभागी हुन आह्वान गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको नवीकरण गर्ने यस महान् पर्वमा सक्रियतापूर्वक सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गरे ।
रास्वपाका धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । विवरण लुकाएको र छानबिनका क्रममा कालोसूचीमा रहेको पुष्टि भएपछि आयोगले यो कदम चालेको हो ।
सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्दा साटिने वा परिवर्तन हुने आशंकालाई आयोगले पूर्ण रूपमा खण्डन गरेको छ । कुनै पनि हालतमा मतपेटिका परिवर्तन हुन नसक्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको भण्डारीले स्पष्ट पारे ।
मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य छ । दुर्गमका ६१ मतदानस्थलबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिनेछ ।
आयोगले सम्पूर्ण तयारी पूरा भइसकेकाले सुरक्षा र निष्पक्षतामा शङ्का नगरी मतदान गर्न अपिल गरेको छ ।
Facebook Comments