इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलि बिहानदेखि मात्र सुरु गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते २१:१४
इलाम इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एकजना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता थिए ।
त्यस्तै, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई तेस्रो अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । इलाममा १५० मतदानस्थलमा २९० मतदान केन्द्रमा विहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रजिअ ढकालले बताए । यो समाचार तयार पार्दासम्म मतपेटिका सङ्कलनको क्रम जारी रहेको छ ।
मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी छ । सबैतिरबाट मतपेटिका ल्याइसक्न समय लाग्ने भएकाले मतगणना सुरु गर्न केही ढिला हुने प्रजिअ ढकालले बताए। सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ । “दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपु¥याउन बिहान १ः०० देखि २ः०० बजेसम्म लाग्नसक्छ”, प्रजिअ ढकालले भने, “बिहान ८ः०० देखि ९ः०० बजेभित्र सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकले निर्णय गरेबमोजिम मतगणना सुरु हुनेछ ।”

मतगणनाका लागि क्षेत्र नं १ का लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह 'सिटी हल' मा र क्षेत्र नं २ का लागि सूर्योदय नगरपालिकाको सभाहल तयार गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए। दुवै हलमा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको गजुरेलले जनकारी दिए । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । यहाँको क्षेत्र नं १ मा १३ दल र २ मा एक स्वतन्त्रसहित १४ गरी २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
Facebook Comments