Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विश्वकप क्रिकेटको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई दियो २५४ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते २१:४५
Image of https://mayorsap.com/storage/photos/shares/india-v-england-20260305214508.jpg

काठमाडौं । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न भारतले इङ्ल्यान्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको योगफल बनायो । 

भारतका लागि सन्जु स्यामसनले सर्बाधिक ८९ रनको योगदान दिए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ४३, ईशान किशनले ३९ र हार्दिक पाण्ड्याले २७ रन बनाए । 

इङ्ल्यान्डको लागि विल ज्याक्स र आदिल राशिदले समान दुई÷दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए ।  


Facebook Comments