बाजुरामा १ सय १५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे, आज नै मत गणना गरिने तयारी

No Author Assigned | २०८२ फागुन २२ गते ०८:०३
Image of https://mayorsap.com/storage/photos/shares/bajura_3.jpg

बाजुरा । बाजुरामा एक सय १५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज विहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन्।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरु सबै केन्द्रका मतपेटिका पुगेका हुन्। हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको थियाे। एक सय १५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याईने छ। 

हिमाली गाउँपालिका–३ रहेको गंगा आधाभूत विद्यालय बौडी,वडा नम्बर १ मा रहेको सुनन्दा मा.वि. बाम र विच्छ्या मावि विच्छ्याको मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए । सडक पहुँच भएका क्षेत्रका मतपेटिका आएर मतगणनास्थल जिल्ला समन्वय समिति बाजुरामा राखिएका छन् ।

 तन मतदान केन्द्रको मतपेटिका आएमा आज नै सर्वदलीय बैठक बोलाएर मत गणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका थिए । कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ । तीमध्ये ५२ प्रतिशत मत खसेको हो ।प्रतिनिधी सभा सदस्यका लागि एक स्वतन्त्र सहित सात राजनितिक दल गरेर आठ जना उम्मेदवार चुनावी मैदानमा छन् । 


Facebook Comments