सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते २१:५७
सोलुखुम्बु । सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो ।
जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ । उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो । मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता रहेका छन् ।
भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो ।
Facebook Comments