ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते १०:००
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.png

ललितपुर  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।

ललितपुर क्षेत्र नं १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा ुएमालेुका उम्मेदवार चेतननाथ सञ्जेलले छ हजार १४८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले एक हजार ८७६ मत प्राप्त गरे ।

ललितपुर क्षेत्र नं २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५१९ मत प्राप्त गरे । एमालेका प्रेमबहादुर महर्जनले एक हजार १३६ मत ल्याएका छन् ।

त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा तोसिमा कार्की ३१ हजार ५९० मतसहित अग्रस्थानमा रहेका छन्। नेपाली कांग्रेसका जीतेन्द्र श्रेष्ठले छ हजार ३६९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले तीन हजार ४५९ मत प्राप्त गरेका छन्, भने एमालेका सन्दन थापा मगरले दुई हजार १७४ मत ल्याएका छन् ।


Facebook Comments