अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते १५:०४
Image of https://mayorsap.com/storage/photos/shares/hari-bhushal-arghakhanchi.jpg

अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए ।

नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिति निर्माण गर्न सरु देखि नै लागेका थिए ।  भुसाल २०७९ सालको प्रतिनिधिसभामा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्वाचनमा ३ हजार २ सय मत ल्याएका थिए ।

३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् । लायन्स क्लब अर्घाखाँचीको सस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेका छन् । उनी प्रष्ट र यथार्थ बोल्ने हकी स्वभावका युवा हुन् ।

अर्घाखाँचीमा  १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए ।


Facebook Comments