रुपन्देही १ मा रास्वपाका सुनिल लम्साल निर्वाचित

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते १८:२५
Image of https://mayorsap.com/storage/photos/shares/sunil-lamsal-rsp-rupandehi.png

बुटवल । रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् ।  लम्साल ५७ हजार ३९ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७, राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार लम्साललाई प्रमाणपत्र प्रदान गरिसकेको छ ।


Facebook Comments