बाजुरामा कांग्रेसका गिरी ८ सय ८६ मतले अग्र पंक्तिमा, एमालेका थापा पछ्याउँदै

User Image मेयरसाप डेस्क | २०८२ फागुन २४ गते ०७:३५
Image of https://mayorsap.com/storage/photos/shares/bajura.png

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ। गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढिनन्दा,जगन्नाथ, बुढीगंगा ,गौमुल र जगन्नाथको मतगणना सकिदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा १५ हजार १ सय ८४ मत ल्याएका छन्। 

 उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले १४ हजार २ सय ९८ मतका साथ  ८ सय ८६ मतले पछि छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ५  हजार ४७ मतले तेस्रो स्थानमा छन्,

नेकपाका प्रकाश बहादुर शाहले २ हजार ९ सय ३४ मत ल्याएका छन्। त्यस्तै क्रमशस्केशर शाहीले हलो चिन्हमा ३ सय २३,दिपक डिसिले आँखा चिन्हमा ९५ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३ सय १३ र  स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा  ६६ मत पाएका छन्। 

अन्य सबै पालिकाको मत गणना सकिसकेको छ । भने बडीमालिका नगरपालिकाको गणना हुँदै छ।बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६  हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।


Facebook Comments