अत्यधिक मतान्तरका साथ सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित

User Image मेयरसाप डेस्क | २०८२ फागुन २४ गते ०९:१३
Image of https://mayorsap.com/storage/photos/shares/bablu.jpg

सिराहा । सिराहा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।

उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं। १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ ।


Facebook Comments