३१ जिल्लामा रास्वपाकाे 'क्लीनस्वीप'

User Image अम्बिका खड्का | २०८२ फागुन २४ गते १५:१४
Image of https://mayorsap.com/storage/photos/shares/mayor-sap-thumbnaill.jpg

काठमाडौं । जनमतको आँधीले यति बेला दशकौंदेखि नेपाली राजनीतिमा हालिमुहाली गरेका पुराना दलहरुको निद हराम गरेको छ । वर्षौंदेखि सत्ता र शक्तिमा लिप्त एमाले, कांग्रेस, नेकपा लगायतका ठूला भनिएका दलहरु अब कहिल्यै उठ्नै नसक्ने गरी थचारिएका छन् ।  नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको आँधिवेरीले वर्षौदेखि एकछत्र राज गरिरहेका राजनीतिक अनुहारहरुमा नराम्ररी हिलो छ्यापेको छ । यी दलप्रति जनताको आक्रोश मतपेटिकाबाट विस्फोट भएको छ ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो रिपोर्ट तयार पार्दासम्म १४२ स्थानको अन्तिम मतपरिणाम आइसक्दा रास्वपाले १११ स्थानमा जित हासिल गरेको छ भने १५ स्थानमा अझै फराकिलो मतान्तरसहित अग्रता लिइरहेको छ । अग्रता लिएका स्थानमा पनि रास्वपाले जित्यो भने प्रत्यक्षतर्फ नै रास्वपाले १२६ सिट जित्ने छ ।कतिपय ठूला पार्टीका हस्तीहरु आफ्नै क्षेत्रमा जमानत नै जफत हुने गरी  लज्जास्पद हार व्यहोर्न बाध्य भएका छन्  ।

अहिलेसम्मको अवस्थामा कांग्रेसले १६ सिट जितेको छ । एक स्थानमा अग्रता छ । अग्रता भएको स्थानमा जित निकाले कांग्रेसको १७ सिट हुुनेछ । त्यस्तै एमालेले ७ स्थानमा जित निकालेको छ  भने ३ स्थानमा अग्रता लिएको छ । एमालेले  बढीमा बढी जितेमा १० सिट जित्ने छ । एमाले र कांग्रेस नै यो पटक पतासाफ भएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीनै ५० हजार मतान्तरको भारी अन्तरमा चुनाव हारेका छन् ।नाति उमेरका रास्वपाका बालेनसँग लज्जास्पद हार बेहोरेका ओलीको राजनीतिक भविष्य नै लगभग समाप्त भएको छ । यता माओवादी मासिएर बनेको नेकपा पनि अब मासिने गतिमा छ । नेकपाले जम्मा ६ सिट जितेको छ भने २ सिटमा अग्रता छ । अब नेकपाले अग्रता लिएको सिट जित्यो भने जम्माजम्मी प्रत्यक्षतर्फ नेकपाका ८ सांसद संसद छिर्ने सम्भावना छ ।

अहिलेसम्मको मत परिणामअनुसार रास्वपाले देशभरका ७७ मध्ये ३१ जिल्लामा क्लिन स्वीप नै गरेको छ ।

रास्वपाले कुन कुन जिल्लामा गर्यो क्लिन स्वीप ?
१. झापा
झापा १  निशा डाँगी
झापा २  इन्दिरा राना मगर
झापा ३ प्रकाश पाठक
झापा ४  शम्भुप्रसाद ढकाल
झापा ५ बाट बालेन्द्र शाह
२.मोरङ
मोरङ २ कृष्णकुमार कार्की
मोरङ ३ गणेश कार्की
मोरङ ४ सन्तोष राजवंशी
मोरङ ५ आशा झा
मोरङ ६ रुविना आचार्य
३.ओखलढुङ्गा विश्वजराज पोखरेल

४.उदयपुर
उदयपुर १ पारस मणी गोलाल
उदयपुर २ सुर्य बहादुर तामाङ

५.सिराहा
सिराहा १ बब्लु गुप्ता
सिराहा २ शिवशंकर यादव ,
सिराहा ३ शम्भुकुमार यादव,
सिराहा ४ तपेश्वर यादव

६.पर्सा
पर्सा १ बुद्धि प्रसाद पन्त
पर्सा २ सुशील कुमार कानु
पर्सा ३ रामाकान्त प्रसाद चौरासिया
पर्सा ४ टेक बहादुर शाक्य

७.बारा
बारा १ गणेश धिमाल
बारा २ चन्दन कुमार सिंह
बारा ३ अरबिन्द साहा
बारा ४ रहबर अन्सारी

८.सर्लाही
सर्लाही १ नितिमा भण्डारी
सर्लाही २ रबिन महतो
सर्लाही ३ नरेन्द्र साहा कलवार
सर्लाही ४ अमरेश कुमार सिंह

९.भक्तपुर
भक्तपुर १  रुकेश रञ्जित
भक्तपुर २ राजिज खत्री

१०.ललितपुर
ललितपुर १ बुद्धरत्न महर्जत
ललितपुर २ जगदीश खरेल
ललितपुर ३ तोशिमा कार्की

११.काठमाडौं
काठमाडौं १ रञ्जु न्यौपाने
काठमाडौं २ सुनिल केसी
काठमाडौं ३ राजुनाथ पाण्डे
काठमाडौं ४ पुकार बम
काठमाडौं ५ सस्मित पोखरेल
 काठमाडौं ६ शिशिर खनाल
काठमाडौं ७ गणेश पराजुली
काठमाडौं ८ विराजभक्त श्रेष्ठ
काठमाडौं ९ डोलप्रसाद अर्याल
काठमाडौं १० प्रदिप विष्ट

१२.दोलखा–जगदीश खरेल

१३.काभ्रेपलाञ्चोक
काभ्रे १ मधुकुमार चौलागाइँ
काभ्रे २ बदन कुमार भण्डारी

१४.मकवानपुर
मकवानपुर १ प्रकाश गौतम
मकवानपुर २ प्रशान्त उप्रेती

१५.चितवन
चितवन १ हरि ढकाल
चितवन २ रवि लामिछाने
चितवन ३ सोविता गौतम


१६.धादिङ
धादिङ १ आशिका तामाङ
धादिङ २ वोध नारायण श्रेष्ठ

१७.तनहुँ
तनहँ १ स्वर्णीम वाग्ले
तनहँ २ श्रीराम न्यौपाने

१८.लमजुङ धर्म राज केसी

१९.कास्की
कास्की १ खड्क राज पौडेल
कास्की २ उत्तम प्रसाद पौडेल
कास्की ३ विना गुरुङ

२०.नवलपुर
नवलपुर १  राजन गौतम
नवलपुर २ मनिष खनाल

२१.पर्वत सागर भुसाल

२२.गुल्मी
गुल्मी १  सागर ढकाल
गुल्मी २ मा गोविन्द पन्थी

२३.रुपन्देही
रुपन्देही १ सुनील लम्साल
रुपन्देही २ सुलभ खरेल
रुपन्देही ३ डा.लेखजंग थापा
रुपन्देही ४ कनैया बनिया
रुपन्देही ५ तौफिक अहमद खान

२४.प्युठान–सुशान्त वैदिक

२५.नवलपरासी १ विक्रम खनाल
नवलपरासी २ नरेन्द्र कुमार गुुप्ता

२६.दाङ
दाङ १ देवराज पाठक
दाङ २ विपिन कुमार आचार्य
दाङ ३ कमल सुवेदी

२७.अर्घाखाँची
हरि प्रसाद भुसाल

२८.बागलङ
बागलुुङ १ सुशील खड्का
बागलुङ २ सोम शर्मा

२९.डडेल्धुरा १ तारा प्रसाद जोशी

३०.बैतडी–हरि मोहन भण्डारी

३१.कैलाली
कैलाली १ कोमल ज्ञवली
कैलाली २ केपी खनाल
कैलाली ३ जगत प्रसाद जोशी
कैलाली ४ खेमराज कोइराला
कैलमली ५ आनन्द बहादुर चन्द


Facebook Comments