नुवाकोट–१ मा रास्वपाको जित, प्रकाशशरण महत पराजित

User Image मेयरसाप डेस्क | २०८२ फागुन २५ गते ०७:१८
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-f144f92c.png

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महत पराजित भएका छन्। नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का उम्मेदवार विक्रम तिमिल्सिनासँग महत पराजित भएका हुन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्व अर्थमन्त्रीसमेत रहेका महतले १८ हजार ५ सय ९७ मत ल्याए।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली ८ हजार ९ सय ३२ मत पाए ।


Facebook Comments