पर्सामा जन्ती बोकेको कार दुर्घटना हुँदा चालकको मृ'त्यु

एक जना गम्भीर घाइते

User Image मेयरसाप डेस्क | २०८२ फागुन २६ गते ०६:५४
Image of https://mayorsap.com/storage/photos/shares/photo-1b35c9a4.jpg

रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९ः१५ बजे सडक छेउको पिपलको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति १०ः१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का एक यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।


Facebook Comments