बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो दल बन्यो

User Image मेयरसाप डेस्क | २०८२ फागुन २६ गते ०८:१०
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.png

बाजुरा । बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६ सय ६९ मत मध्ये कांग्रेसले १६ हजार ७ सय ४६ मत प्राप्त गरेको हो। त्यस्तै नेकपा एमालेले १५ हजार ८ सय ९७ मत प्राप्त गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८ सय २०, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ३ सय ५८ राप्रपाले ४ सय ७०  नेपाल जनता संरक्षण पार्टीले १ सय ३६ सार्वभौम नागरिक पार्टीले १ सय ३१ नेपाल कम्युनिस्ट पार्टी माओवादीले २ सय १५ मत प्राप्त गरेको हो। अन्य विभिन्न पार्टीले एक सय कम मत प्राप्त गरेका छन्।

कुल खसेको मत मध्ये ४४ हजार ४ सय ६९ मत सदर भएको छ । भने १ हजार २ सय मत बदर भएको हो।समानुपातिकतर्फ ८९ हजार ३ सय ४३ मतदाता संख्या थिए।आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार जनकराज गिरी ५४० मतका साथ विजयी भएका थिए।

गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका थिए। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३  मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले  ६ हजार ३५   प्राप्त गरेका थिए ।नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४  प्राप्त गरेका हुन्। 

त्यस्तै क्रमशस्केशर शाहीले हलो चिन्हमा ३ सय ५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र  स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा  ७२ मत पाएका थिए। बाजुरामा पाँच जनाको जमानत जफत समेत भएको थियो। सदूरपश्चिम प्रदेशका पूर्व मन्त्री समेत रहेका प्रकाश बहादुर शाह लगायत अन्य ४ जनाको जमानत जफत भएको थियो।


Facebook Comments