काठमाडौंमा आज वायु प्रदूषण अस्वस्थ भन्दा पनि उच्च स्तरमा पुग्यो
नागरिकलाई सचेत रहन मन्त्रालयको आग्रह
No Author Assigned | २०८२ फागुन २६ गते १०:०८
काठमाडौं । काठमाडौंमा आज वायु प्रदूषण अस्वस्थ भन्दा पनि उच्च स्तरमा पुगेको छ । रियल टाइम डेटा अनुसार स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई (AQI) २०६ पुगेको छ, जुन ‘कति अस्वस्थ’ मानिन्छ।
नेपाल सरकारको वायु गुणस्तर सूचकांक अनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१–२०० ‘अस्वस्थ’, २०१–३०० ‘काफी अस्वस्थ’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ।
वर्तमान अवस्थामा काठमाडौं विश्वका अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा छ। यसअघि पहिलो र दोस्रो स्थानमा भारतको दिल्ली र बंगलादेशको ढाका रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषण बढेसँगै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलासँग सम्बन्धित स्वास्थ्य जोखिम बढाउँछ। विशेषज्ञहरूले घरभित्र सुरक्षित रहन, मास्क प्रयोग गर्न र बाहिरको गतिविधि सीमित गर्न सिफारिस गरेका छन्।
Facebook Comments