काठमाडौंको आकाश ‘अस्वस्थ’, वायु प्रदूषण १९६ एक्यूआईमा
मेयरसाप डेस्क
|
२०८२ फागुन २७ गते १०:१४
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन । वायु प्रदूषण मंगलबार निकै खराब स्थितिमा पुगेको पुगेकाे थियाे ।
रियल टाइम मापन अनुसार स्विट्जरल्याण्डको आईक्यू एयरले काठमाडौंको वायु गुणस्तर इन्डेक्स 'एक्यूआई' १९६ मापन गरेको छ। २०० पुगेको खण्डमा ‘काफी अस्वस्थ’ मानिन्छ भने १५१–२०० अस्वस्थको श्रेणीमा पर्छ।
काठमाडौं हाल संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ। पहिलो तीन स्थानमा भारतको दिल्ली, पाकिस्तानको लाहोर र बंगलादेशको ढाका रहेका छन्। प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सचेत रहन र बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेको छ।
Facebook Comments