रवि लामिछानेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुने

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३२ गते ०७:३७
Image of https://mayorsap.com/storage/photos/shares/rabi-supreme.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज हुँदैछ।

सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्न नसक्दा मुद्दा ‘हेर्दाहेर्दै’ प्रक्रियामा राखेर आजका लागि तोकेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सुनुवाइ गर्ने व्यवस्था गरेको छ।

यसअघि, न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेश गर्न आदेश दिएका थिए।

महान्यायावक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।


Facebook Comments