समानुपातिकमा रवि–गगन र ओलीको हालीमुहाली, ससुरा–श्रीमतीदेखि भान्जाभान्जीको लर्को

User Image अम्बिका खड्का | २०८२ फागुन ३२ गते १६:५८
Image of https://mayorsap.com/storage/photos/shares/oli-gagan-rabi.png
तस्बिर: AI

काठमाडौं । मतगणना सकिएसँगै राजनीतिक वृत्तमा एउटा चासोको विषय बनेको थियो, अब कुन दलबाट समानुपातिक सांसद को–को बन्छन् ? दलभित्र तीव्र लबिइङ, दबाब र अन्तिम क्षणसम्मको रस्साकस्सीपछि अन्ततः समानुपातिकतर्फका अनुहारहरुको परिदृष्य स्पष्ट भएको छ ।

थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुुपातिकतर्फको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाइसकेका छन् । यससँगै अब संसद छिर्ने, ११०  सांसदको टुंगो लागेको छ । कसैले अवसर पाए, कसैले अन्तिम क्षणमा नाम गुमाए । कतिपय चर्चित अनुहार बाहिरिए भने केही नयाँ अनुहारले संसद यात्रा तय गर्दै छन् । 

अब कुरा सुरु गरौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट

रास्वपाले निर्वाचन आयोगमा समानुपातिक प्रणालीतर्फका ५७ जना सांसदहरूको अन्तिम सूची बुझाएको छ । महिलाको प्रतिनिधित्व बढाउनुपर्ने दबाबका कारण ५७ जनाको सूचीमा ४८ जना महिला र ९ जना पुरुषको नाम समेटिएको छ । सूचीमा पार्टी सभापति रवि लामिछानेकै निकट प्रमोद न्यौपाने लगायतका चर्चित अनुहारहरु छुटेका छन् । तर अति विवादित भए पनि रवि निकट भएकै आधारमा टिका अर्थात ज्वाला संग्रौलाको नाम भने समेटिएको छ । खस आर्य पुरुषमा रमेश प्रसाईँमात्र समेटिएका छन् । रास्वपाले जेनजी शहिद परिवारकी सदस्य रचना खतिवडा र जेनजी अगुवा पुरुषोत्तम यादवलाई पनि समानुपातिकको सूूचीमा समेटेको छ ।  रचना जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । सिफारिसमा रिमा विश्वकर्मा समेटिँदा प्रकाश सपुत छुटेका छन् । दलितबाट प्रकाशचन्द्र परियार समेटिएका छन् ।

यी हुन् रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरु
खस आर्यतर्फ
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ
आदिवासी जनजातितर्फ
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा

मधेसीतर्फ
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण 

दलिततर्फ 
रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र परियार।
थारुतर्फ गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।
मुस्लिमतर्फ समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी
अब कुरा गरौं नेपाली कांग्रेसको,
शेरबहादुर देउवाको ताज खोसेर सभापति बनेका गगनकुमार थापा, कांग्रेस बदल्यौं, अब देश बदल्छौं भन्दै निर्वाचनमा होमिएका थिए । तर, उनले कांग्रेस बदलिएको छनक देखाउन सकेनन् । कांग्रेसको समानुपातिक सूची हेर्ने हो भने थापा पनि, उही ड्याङ्का मुला जस्ता देखिएका छन् ।

कांग्रेसबाट समानुपातिक प्रणालीतर्फ सांसदमा सिफारिस भएकाहरूमा नेताका परिवार, आफन्त र पटक–पटक मन्त्री भएकाहरूसम्म परेको देखिएको छ ।

कांग्रेसले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम आइतबार निर्वाचन आयोगमा पठाएको छ । आयोगमा पठाइएको सूचीमा खस आर्य पुरुष क्लस्टरबाट समेटिएका ७८ वर्षीय अर्जुननरसिंह केसी, सभापति गगन थापाका ससुुरा हुन् । उनी यसअघि पटक पटक सांसद र मन्त्री समेत भइसकेका छन् । समाकालिन राजनीतिमा सबैभन्दा बढी निर्वाचन लडेका केसी पुस्तान्तरणको मुद्दा झिकेर तत्कालिन सभापति देउवामाथि कटु आलोचना समेत गर्ने गर्थे । सभापति थापा लगायत अधिकांश पदाधिकारी तहका नेताहरु प्रत्यक्षतर्फको निर्वाचनमा हारेपछि, अब कांग्रेसको संसदीय दलको नेता समेत केसी नै हुने चर्चा समेत छ ।

त्यस्तै कांग्रेले मधेसी क्लष्टरबाट सांसद सिफारिस गरेका डा.चन्द्रमोहन यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादवका छोरा हुन् । उनी यसअघि पनि सांसद भइसकेका व्यक्ति समेत हुन् । मधेसी कोटाबाटै संसद्मा सिफारिस भएकी नीनु कर्ण पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन् । यता खसआर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन् ।

यी हुन् कांग्रेसबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरु
आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ, भीष्मराज आङ्दम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा

खस आर्य क्लस्टरबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया 
दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, 
मधेशी क्लस्टरबाट डा.चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव, 
मुस्लिम क्लस्टरबाट साहजान खातुन र थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार

अब नेकपा एमालेको चर्चा गरौं, संसदीय इतिहासमै ठूलो पराजय बेहोरेको एमालले समानुपातिकतर्फ १६ जनाको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार पारेको छ । उक्त सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरु युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरु पदाधिकारी रहेको देखिन्छ ।

एमालेले समानुपातिक सांसदमा आदिवासी–जनजाति पुरुषतर्फ पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको नाम सिफारिस गरेको छ । तत्कालीन नेकपामा पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच शक्तिसंघर्ष चर्किँदा थापाले ओलीलाई साथ दिएका थिए । त्यसैले पनि थापा ओलीका विश्वासपात्र हुन् । यता खस आर्य पुरुषतर्फ एमालेले पूर्वउपाध्यक्ष समेत रहेका गुरु बराललाई सिफारिस गरेको छ । २६ वर्षदेखि लगातार निर्वाचन हारिरहेका बराल पनि ओलीका विश्वास पात्र हुन् । खस आर्य महिलातर्फ पार्टीकी सचिव, पद्मा अर्याल सिफारिस भएकी छन् ।

यी हुन् एमालेबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरु
जनजाति तर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा, कुलभक्त शाक्य
खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल, पुष्पराज कंडेल
थारुतर्फ कृपाराम राणा
दलिततर्फ विष्णुमाया वी.के,नीता घटानी
मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल 
मुस्लिमतर्फ साजिदा सिद्दीकी
यता नेकपाले समानुपातिकतर्फ ९ सिटका लागि नाम छनौट गर्दा पार्टीभित्र आन्तरिक द्धन्द्ध चर्किसकेको छ । नामावलीमा माधव नेपाल समूहले २ सिट मात्रै पाउँदा माधव पक्षमा असन्तुष्टि देखिएको छ । यता मुस्लिम क्लष्टरको पहिलो नम्बरमा रहेका ताज मोहम्मद मियाँ छनौटमै परेनन् । उनले अनौपचारिक रुपमा पार्टी नै छाड्ने निर्णय समेत गरेका छन् । यता खस आर्य महिलामा छनौट भएकी बलावती शर्मा प्रत्यक्ष निर्वाचनमा पराजित नेता देवेन्द्र पौडेलकी पत्नी हुन् । 
यी हुन् नेकपाबाट समानुपातिक सांसद सिफारिस भएकाहरु
बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम आयोगमा पठाएको छ ।

श्रम संस्कृति पार्टीले रुबीकुमारी ठाकुर, अम्बिका सङ्ग्रौला, राधिका रम्तेल र पूर्ण लिम्बू गरी चार जनाको नाम आयोगमा पठाएको छ । राप्रपाले चर्चित नेतृ खुश्बु ओलीसहित भरत गिरी, ताहिर अली र सरस्वती लामाको नाम सिफारिस गरेको छ ।

 

 


Facebook Comments