काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन
कमल थापाको संयोजकत्वमा समिति
मेयरसाप डेस्क
|
२०८३ जेठ २७ गते १७:३३
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ ।
बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस करिब ३०० मिटर तल खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने १६ जना घाइते भएका थिए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
समितिलाई दुर्घटनाको वास्तविक कारण, जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments