बजेटकै दिन सुदूरपश्चिम सरकारमा किचलो

भागबण्डा विवाद चर्कियो

User Image मेयरसाप डेस्क | २०८३ जेठ २९ गते १७:३६
Image of https://mayorsap.com/storage/photos/shares/cabinet-sudur-paschim-e1781522229587.jpg

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिनमै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेट भागबण्डा र आयोजना व्यवस्थापनलाई लिएर विवाद चर्किएको छ ।

करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेका बेला एमालेले आफ्ना सिफारिस गरिएका योजना समेटिएको नभएको भन्दै असन्तुष्टि जनाएको छ । विवादका कारण मन्त्रिपरिषद् बैठकसमेत अनिश्चित बनेको बताइएको छ ।

सरकारको बहुमत कमजोर रहेकाले मुख्यमन्त्री कमलबहादुर शाहमाथि सत्ता जोगाउने दबाब बढेको छ । दुवै दलबीच अन्तिम सहमतिको प्रयास जारी रहेकाले बजेट समयमै आउने वा केही ढिलाइ हुने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन ।


Facebook Comments