३५ दिनमै कक्षा १२ को रिजल्ट प्रकाशन, ६४ प्रतिशत विद्यार्थी पास
४० जनाको परीक्षा रद्द, यसरी हेर्न सकिन्छ नतिजा
मेयरसाप डेस्क
|
२०८३ असार २ गते ११:२६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डले परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालेको हो ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ११७ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ६८ हजार १९० जना अर्थात ६४.१३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्। त्यसैगरी २ जनालाई भने परीक्षा रद्द गरेर एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही गरिएको समेत बोर्डले जानकारी गराएको छ ।
कसरी हेर्ने नतिजाः
वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://
• SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर।
• IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट।
पास भएका विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिज्नल प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् । परीक्षामा प्रकाशित नतिजामा प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय एक हजारका दरले अनलाइनमार्फत रकम दाखिला गरी परीक्षाफल प्रकाशित भएको मितिले ७ दिन भित्र राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिनुपर्ने समेत बोर्डले जनाएको छ ।
यसअघि एसईईको नतिजा पनि परीक्षा सकिएको एक महिनामै सार्वजनिक गरिएको थियो । चैत १३ गते बालेन साहको नेतृत्वमा गठन भएको सरकारले महिना दिन भित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि सम्पूर्ण परीक्षा नसकिँदै सकिएका पेपरको कापी परीक्षा केन्द्रमै जाँच गर्न सुरु गरिएको थियो ।
Facebook Comments