मेस्सीलाई उछिन्दै एम्बाप्पे बने सर्वाधिक गोलकर्ता, एकै खेलमा बनाए ३ कीर्तिमान
अब स्पेनविरुद्ध २ गोल हानेमात्र बराबरीमा आउन सक्छन् मेसी
मेयरसाप डेस्क
|
२०८३ असार ३२ गते १३:१३
फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दौड होस् वा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूची, अहिले दुवैमा फ्रान्सका सुपरस्टार किलियन एमबाप्पे सबैभन्दा अगाडि पुगेका छन्। एम्बाप्पे अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै विश्वकपको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि आइतबार बिहान अमेरिकामा भएको इंग्ल्याण्डविरुद्धको खेलमा एमबाप्पेले दुई गोल र एक असिस्ट गर्दै विश्व फुटबलमा फेरि आफ्नो दबदबा देखाए छन् ।
फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा तेस्रो बनेको इंग्ल्यानसँगको खेलमा एम्बाप्पेले शानदार दुई गोल गरेसँगै जारी विश्वकपमा उनको नाममा अब १० गोल र ४ असिस्ट पुगेको छ। जबकि फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको खातामा ८ गोल र ४ असिस्ट मात्रै छ।
यसअघि मेसी र एम्बाप्पेको बराबरी ८–८ गोल थियो भने एक असिस्ट बढी हुँदा मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा थिए । अब गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नै पर्नेछ। यदि त्यसो हुन सकेन भने, एमबाप्पे लगातार दोस्रो पटक विश्वकपको गोल्डेन बुट जित्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन्। एम्बाप्पेले यसअघिको सन् २०२२ को विश्वकपमा पनि गोल्डेन बुट जितेका थिए।
यति मात्रै होइन, विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौड पनि रोमाञ्चक बनेको छ। यसमा पनि अर्जेन्टिनाका मेसी र फ्रान्सका एम्बाप्पेबीचनै कडा प्रतिस्पर्धा देखिन्छ ।
एमबाप्पेले तीनवटा विश्वकपमै २२ गोल पूरा गरेका छन्। उनले २०१८ मा ४, २०२२ मा ८ र २०२६ मा १० गोल गरेका हुन्।
उता मेसीले भने ६ वटा विश्वकप खेलेर २१ गोल गरेका छन्। अर्थात्, यसअघि मेसी भन्दा एक गोलले पछि रहेका एमबाप्पे अहिले एक गोलले मेसीभन्दा अगाडि छन्।
एम्बाप्पेले यी बाहेक अर्को महत्वपूर्ण कीर्तिमान पनि आफ्नै नाममा लेखाएका छन् ।सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलरले एउटै विश्वकपमा १० गोल गरेपछि पुरुष विश्वकपको एउटै संस्करणमा दोहोरो अंकमा गोल गर्ने खेलाडी नै थिएनन्। ५६ वर्षपछि त्यो दुर्लभ उपलब्धि एमबाप्पेले दोहोर्याएका छन्।
यसअघि विश्वकपको एउटै संस्करणमा आठ वा त्योभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा गेर्ड मुलर, जस्ट फन्टेन, सान्दोर कोचिस, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, ब्राजिलका रोनाल्डो र एमबाप्पे मात्र थिए। एमबाप्पेले अहिले आफ्नै कीर्तिमान तोडेका छन्।
अब विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले पाउने गोल्डने बुट अर्थात सुनको जुत्ता कसको खुट्टामा पर्ला ? त्यो भने आज मध्यरातमा अर्जेन्टिना र स्पेनबीच हुने फाइनल खेलमा मेसीले देखाउने प्रदर्शनमा भर पर्ने छ ।
Facebook Comments