१९ वर्षीय यमालले बनाए स्पेनलाई च्याम्पियन, मेसीले उपाधिसहित गुमाए गोल्डेन बुट (भिडियो समाचार)
हारपछि अर्जेन्टिनाका खेलाडीले मैदानमै कुटे स्पेनीस खेलाडी
मेयरसाप डेस्क
|
२०८३ साउन २ गते ११:२९
स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च सिंहासनमा कब्जा जमाएको छ। अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो।
सन् २०१० मा पनि अतिरिक्त समयमै गोल गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले यसपटक पनि इतिहास दोहो¥याएको छ। फाइनलको एकमात्र निर्णायक गोल वैकल्पिक खेलाडी फेरान टोरेसले १०६औँ मिनेटमा गरे। अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई छक्याउँदै गरेको उनको उत्कृष्ट गोलले स्पेनलाई विश्वकपको उपाधि दिलायो भने लियोनेल मेसी र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपना चकनाचुर बनाइदियो।
स्पेनलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी हुन्, लामिन यमाल । १९ वर्षीय यमालले डेब्यू विश्वकपमा आफुलाई स्थापित गर्न सफल भएका छन् ।
यता ३९ वर्षीय मेसीका लागि भने यो फाइनल निकै दुखद रहयो । खेलको अधिकांश समय उनी बलका लागि संघर्ष गरिरहेका देखिए। अर्जेन्टिनाको पूरै प्रणाली मेसीमा निर्भर देखिन्थ्यो, तर स्पेनको रणनीति अगाडि मेसी निरिह बने। अतिरिक्त समयमा उनले गरेको एउटा प्रहार पनि स्पेनिस डिफेन्डरले ब्लक गरिदिए।
खेलमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सिमित बनेको थियो । खेलको बीचमा मडोना, बीटीएस, जस्टिन बिबर र साकिरा जस्ता कलाकारहरूको २७ मिनेट लामो हाफ टाइम शो का कारण खेल केही समय रोकिएपनि माहोल पूर्ण मनोरञ्जनात्मक बनेको थियो । तर खेल सकिएपछि अर्जेन्टिनाका खेलाडीले स्पेनीस खेलाडीमाथि हातपात गरेपछि मैदान अराजक समेत बनेको देखियो । स्पेनका खेलाडीहरू उपाधि जितेको खुसी मनाइरहेका बेला अर्जेन्टिनाका खेलाडीहरू उनीहरूमाथि जाइलागेका थिए।
अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट दौडिरहेका एक स्पेनिस खेलाडीको पेटमा मुक्का हानेको देखियो । त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी अठ्याएको र अर्का खेलाडी गाभीलाई भुइँमा लडाएर अनुहार थिच्दै लात्ती प्रहार गरेको दृश्य पनि देखिएको छ ।
स्पेनले खेलभरि अर्जेन्टिनाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरिरह्यो। क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराए जस्तै यस खेलमा पनि पेड्रो पोरोको भूमिका महत्वपूर्ण रह्यो।
प्रतियोगिताभरि मात्र एक गोल खाएको स्पेनले उत्कृष्ट रक्षापंक्ति र स्पष्ट खेल शैलीको प्रदर्शन ग¥यो। टोली केवल स्टार खेलाडी लामिन यमलमा मात्र निर्भर थिएन, बरु एउटा पूर्ण टिमका रूपमा मैदान उत्रिएको थियो।
यो हारसँगै मेसीले गोल्डेन बुट समेत गुमाएका छन् । अघिल्लो खेलसम्म गोल्डेन बुटको होडमा अग्रस्थानमा रहेका मेसीलाई फ्रान्सका कप्तान एम्बाप्पेले तेस्रो स्थानका लागि भएको खेलमा उछिनेका थिए । फाइनलमा मेसी गोल गर्न असफल भएसँगै गोल्डेन बुट एम्बाप्पेले पाएका छन् । त्यसैगरी स्पेनका कप्तान रोड्रिले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । मेसीले शिल्भर बल जिते भने स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते । सिमोनले यस विश्वकपमा ८ खेल खेल्दा ७ खेलमा क्लिनसिट राख्दै नयाँ कीर्तिमान बनाए । साथै उनले विश्वकपमा लगातार ६०० मिनेट भन्दा बढी समय कुनै गोल नखाने कीर्तिमान पनि बनाएका छन् ।त्यसैगरी स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। १९ वर्षीय बार्सिलोनाका डिफेण्डर कुबार्सीेले स्पेनको डिफेन्सलाइनमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
Facebook Comments