सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८३ साउन २० गते १३:२२
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । 

मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८०रुपैयाँमा कारोबार भएको थियो । 


Facebook Comments