ब्रोडपिकको खोंचबाट निकालियो निम्सदाईसहित चार जनाको शव, कहाँ गरिन्छ अन्त्यष्टि ?
मेयरसाप डेस्क
|
२०८३ साउन २१ गते ०८:५५
पाकिस्तानको ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को अत्येष्टि बेलायतमा हुने भएको छ।
हिमपहिरोबाट निम्स दाईसहित चार जनाको शव बुधबार मात्रै निकालिएको छ। लगातार बिग्रिएको मौसम, भिरालो भूगोल र ज्यानकै जोखिमबीच सञ्चालन गरिएको उद्धार अभियानपछि उनीहरुको शव आधार शिविर ल्याउन सफल भएको थियो ।
निम्सको कम्पनी एलिट एक्स्पेडका अनुसार निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै कठिन परिस्थितिमा सुरक्षित रूपमा आधार शिविर पु¥याइएको हो। अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए भने सिरबाज खानसहितको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ उद्धार सम्पन्न गरेको कम्पनीले जनाएको छ।
ब्रिटिस आर्मीमा लामो समय काम गरेका पुर्जा बेलायतको स्थायी वासिन्दा हुन्। उनको परिवार पनि लण्डनमा रहेकाले परिवारको निर्णयअनुसार पुर्जाको अत्येष्टि पनि त्यहीँ हुने भएको हो। उनीसँगै निधन भएका अन्य नेपालीहरूको शव भने नेपाल ल्याउने भनिएको छ।
कम्पनीका अनुसार निम्सको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीलाई घर ल्याउनु मात्र होइन, एक पति, पिता, छोरा, दाजुभाइ, साथी र हजारौँलाई प्रेरणा दिने व्यक्तित्वलाई आफ्ना परिवारसम्म अन्तिम यात्राका लागि फर्काउने प्रयास हो।
गत बिहीबार विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा आएको भीषण हिमपहिरोमा परी १० पर्वतारोहीको मृत्यु भएको थियो । बेपत्ता भएका अन्य तीन आरोही भने अझै बेपत्ता छन् ।
Facebook Comments