Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना

User Image मेयरसाप सम्पादकीय | २०८१ पुष १० गते १६:३४
Image of storage/news/1735058097.JPG

वासिङ्टन । डोनाल्ड ट्रम्पले मंगलबार जो बाइडेनले लगभग सबै अमेरिकी संघीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा छन् ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको अन्तिम महिनामा सोमबार संघीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदीमध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोल बिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गरे । तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा नौ, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा चार र जेल गार्डको हत्या गर्ने एक जना थिए ।

“जो बाइडेनले भर्खरै हाम्रो देशका ३७ जना सबैभन्दा खराब हत्याराको मृत्युदण्ड परिवर्तन गरेका छन्”, ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गरे, “जब तपाईं प्रत्येकका कार्यहरू सुन्नुहुन्छ, उहाँले यस्तो गर्नुभयो भन्ने विश्वास नै गर्न सक्नुहुन्न । कुनै अर्थ छैन । आफन्त र साथीहरू अझै विचलित छन् । उनीहरूलाई यस्तो भइरहेको विश्वास नै लाग्दैन १”

बाइडेनले संघीय मृत्युदण्डमा रोक लगाएका थिए तर जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि थप कार्य गर्न दबाबमा थिए, किनभने रिपब्लिकन ट्रम्पले अभ्यास पुनः सुरु गर्ने संकेत दिएका थिए ।  

सन् २०१३ को बोस्टन म्याराथन बम विस्फोटका एक आरोपी, सन् २०१८ मा ११ जना यहुदी उपासकहरूको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्चका भक्तजनहरूको गोली हानी हत्या गर्ने एक श्वेत सर्वोच्चतावादी गरी तीन जनालाई यो निर्णयबाट बाहिर राखिएको थियो ।

“कुनै भ्रम नराख्नुहोस्ः म यी हत्याराहरूको निन्दा गर्दछु, उनीहरूको घृणित कार्यको पीडितहरूका लागि शोक गर्दछु, र अकल्पनीय र अपूरणीय क्षति भोगेका सबै परिवारहरूका लागि पीडा महसुस गर्दछु”, बाइडेनले सोमबार भने, “तर मेरो विवेक र अनुभवले मार्गदर्शन गरेअनुसार... म पहिलेभन्दा बढी विश्वस्त छु कि हामीले सङ्घीय स्तरमा मृत्युदण्डको प्रयोग रोक्नुपर्छ । सद्विवेकले म पछाडि खडा हुन सक्दिनँ र नयाँ प्रशासनलाई मैले रोकेको मृत्युदण्ड पुनः सुरु गर्न दिन्नँ ।”


Facebook Comments