मेयरसाप

कीर्तिपुर नगरपालिका

बजेट

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

स्नातक तह

खजुरा गाउँपालिका

कालीगण्डकी गाउँपालिका

घरपझोङ गाउँपालिका

व्यास नगरपालिका

ललितपुर महानगरमा ‘घरघरमा नगर प्रहरी’ अभियान

Prerana Subedi

बिही, जेठ २४, २०८१ | १०:०६ बजे

ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । सो अभियान नगरवासीका समस्या र गुनासो सुन्न नगर प्रहरी स्थानीयवासीको घरघरमै पठाउने उद्देश्यले सुरु गरिएको हो ।

बिहीबार बिहान अभियानको उद्घाटन गर्दै मेयर चिरिबाबु महर्जनले नगरवासीका समस्या पहिचान गर्न, नगर प्रहरी र सुरक्षाको अनुभूति गराउन, जनताले कर तिरे–नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्‍याउने बताए ।

मेयर मर्हजनका अनुसार यो अभियानमा दैनिक पाँच जनाको एउटा समुह बनाएर ५० जना नगर प्रहरी खटाईनेछ । यसो गर्दा दैनिक तीन हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्नेछ । नगर प्रहरीले नगरपालिकाका सेवाहरू नगरवासीले लिए–नलिएको बुझ्नेछ भने निःशुल्क दमकल, ढल निकास, शववाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउनेछ ।

घरघरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता मेयर महर्जनलाई जानकारी गराउनेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology