Ad Image

पानी नपरेपछि खुलेनन् दाङका विद्यालयहरु!

User Image Mayorsap | एक बर्ष अगाडि
Image of storage/news/1718518702.jpg

गर्मी अत्याधिक बढेर दुइदिनका लागि बन्द गरिएका दाङका विद्यालय आज पनि नखुल्ने भएका छन्। दाङका आठ पालिकाले दुई दिन पहिले गर्मीका कारण दुई दिन विद्यालय बन्द गरेका थिए।

 

तुलसीपुर उपमहानगरपालिकासहित अधिकांश पालिकाले आजपनि  विद्यालयमा बिदा दिएका छन्। जेठ १५ यता दुई पटक दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेलसियससम्म पुगेको छ। जो १२ वर्ष यताकै बढी तापक्रम हो।

 

सोमबार साँझसम्मपनि पनि पानी नपरे बिदा लम्बिने तुलसीपुर उपमहानगरले जनाएको छ । दाङका अत्यावश्यक काम परेका बाहेक दिउँसोमा मानिसहरु  घर बाहिर निस्कन छोडेका छन्।