काठमाडौं महानगर विरुद्ध कवाड व्यवसायीले गरे विरोध प्रदर्शन!


काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘कबाड व्यवसायी संघर्ष समिति’ गठन गरेर कवाड व्यवसायीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा कवाड व्यवसायीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए । काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ ।
महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ । सो अनुसार महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो ।