Ad Image

तुर्माखाँद गाउँपालिकाले लागु गर्‍यो स्थानीय पाठ्यक्रम ‘राइनचिन’

User Image Mayorsap | एक बर्ष अगाडि
Image of storage/news/1718611415.jpg

अछामको तुर्माखाँद गाउँपालिकाले ‘राइनचिन’ नामक स्थानीय पाठ्यक्रम लागु गरेको छ । आधारभूत तहका कक्षा १ देखि ८ सम्ममा राइनचिन पढाउन सुरु गरिएको हो ।

 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम राइनचिनको लागु गरिएको हो । तुर्माखाँद गाउँपालिकाका आठ वडाका ५२ वटै सामुदायिक विद्यालयमा आइतबारदेखिनै शिक्षकहरुले करिकुलमका आधारमा पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिए ।

 

पालिकाको अनुसार पाठ्यक्रम मस्यौदा निर्माण समितिले अन्तिम रुप दिएपछि सरोकारवालाहरुबिच सार्वजनिक गरेर राइनचिन विद्यालयमा पठाइएको छ ।

 

तुर्माखाँदले आफ्नो पाठ्यक्रममा गाउँपालिकाभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र, जडीबुटी, पर्यटकीय स्थल, चाडपर्व, स्थानीय पेसा, व्यवसाय र प्रविधि, सामाजिक मूल्यमान्यता र कुरीतिहरु आदि विषयवस्तुहरु समावेश गरेको छ ।