Ad Image

विद्यार्थी बेहोस हुन थालेपछि आठविसकोट नगरपालिकाका विद्यालय बन्द

User Image Mayorsap | ११ महिना अगाडि
Image of storage/news/1718762685.jpg

रुकुमपश्चिको आठविसकोट नगरपालिकाले पालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई ४ दिनसम्मका लागि बिदा दिएको छ ।

 

पछिल्लो केही दिन यता विद्यालयहरुमा नै विद्यार्थीहरु बेहोस हुने तथा छटपटाउने गर्न थालेपछि आठविसकोट नगरपालिकाले विद्यालय बिदा दिएको हो । विद्यालयमा विद्यार्थीहरु बिरामी हुने क्रम नरोकिएकाले पालिकाले असार ५ बाट असार ९ सम्मलाई बिदा दिएको छ ।

 

पालिकाले सो बिदा बर्खे  बिदाबाट कटौती गर्ने गरी दिएको हो ।