रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट
आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१÷०८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएका हुन् ।
Sushmita Baniya
सोम, असार १०, २०८१ | ०५:२७ बजे
रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोडको बजेट सार्वजनिक गरेको छ ।
आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएका हुन् ।
नगरपालिकाले चालु तर्फ ५४ करोड ७ लाख १५ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत तर्फ भने १८ करोड ९८ लाख ७२ हजार ९ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ ।