Ad Image

घोराही उपमहानगरपालिकाको बजेट २ अर्ब ४२ करोड

User Image Mayorsap | एक बर्ष अगाडि
Image of storage/news/1719207603.jpg

घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 

आर्थिक वर्ष २०८१/०८२का लागि घोराही उपमहानगरले कूल बजेटबाट चालु खर्चतर्फ  १ अर्ब २७ करोड १० लाख १२ हजार रुपैयाँ, पूजिगत खर्चतर्फ एक अर्ब १५ करोड ६७ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

उपमहानगरले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट ३० करोड ३१ लख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट २६ करोड ७० लाख २६ हजार ६ सय १ रुपैयाँ, सङ्घीय रोयल्टी बाँडफाँटबाट ९ लाख ७३ हजार ३ सय रुपैयाँ, सङ्घीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार रुपैयाँ र सङ्घीय विशेष अनुदानबाट ७५ लाख रुपैयाँ व्यहोरिने जनाएको छ ।