Ad Image

कानेपोखरी गाउँपालिका -७ मा खाली जग्गामा लोपोन्मुख बिरुवा रोपण!

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1722411731.jpg

मोरङको कानेपाखरी गाउँपालिका –७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार जङ्गलबाट लोपोन्मुख हुँदैगएका बिरुवा रोपेको छ । 

 

स्थानीय लोपोन्मुख रैथाने प्रजातिका बिरुवा हुर्काउने अभियान अन्तर्गत वृक्षरोपण गर्न लागिएको वनका अध्यक्ष देवेन्द्र थापाले बताए।  मङ्गलबार औपचारिक रुपमा उद्घाटन भएको बिरुवा रोपण कार्यक्रम एक सातासम्म सञ्चालन हुनेछ । डेढ हेक्टर खाली जग्गामा २ हजार ४ सय बिरुवा रोपिने छ । 


 

फडिर, जामुन, कुसुम, केरा, कटहर, आँप, बडहरलगायतका बिरुवा रोपिएको छ । सामुदायिक वनको भवन उत्तरको खाली जग्गामा सामुदायिक वनले वृक्षरोपण गरेको हो ।