Ad Image

बैतडीका ६ पालिका बाढी पहिरोको जोखिममा

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721290144.jpg

बैतडी जिल्लाका ६ वटा स्थानीय तहलाई  जिल्ला विपद् व्यवस्थापन समितिले उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ ।


विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, का अनुसार बैतडीको मेलौली नगरपालिका,  दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको तथा सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको उच्च जोखिममा रहेका छन।

 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका अन्य ४ स्थानीय तहमा पहिरोको जोखिम मध्यम छ भने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा जोखिम सामान्य छ ।