मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

राजनीतिक दल

प्रविधि

शिक्षा

हेटौंडा उपमहानगरपालिका

काठमाडौं महानगरपालिका

ताला

धार्चे गाउँपालिका

पैयुँ गाउँपालिका

लुम्बिनी विकास कोष

अतिक्रमित विद्यालयको जग्गा खाली गराउन गौशाला नगरपालिकाले चलायो डोजर

गौशाला नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाति आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।

Mayorsap

शुक्र, साउन ४, २०८१ | ०५:२७ बजे

गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ ।

 

गौशाला नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाति आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।

 

स्थानीय भोला सहनी, विन्दे सहनी र चन्दर सहनीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन पटक–पटक निर्देशन र आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर सुरक्षा बल परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

 

वडाध्यक्ष मनोजकुमार चौधरीका अनुसार आधारभूत विद्यालयका १८ कठ्ठा जग्गा छ । सोही जग्गामध्ये करिव तीन कठ्ठामा उनीहरुले आफूखुसी घर बनाएर बसोवास गर्दै आएका थिए । यी परिवारका कारण विद्यालयको भौतिक सुरक्षामा पनि समस्या आउन थालेपछि सामाजिक स्तरबाट समेत जग्गा खाली गराउन दबाब परेको थियो ।

 

नगरपालिकाले २८ लाख रुपियाँ सहयोगमा अहिले विद्यालयको कम्पाउण्ड लगाउने काम भइरहेको छ । अतिक्रमणका कारण कम्पाउण्डको काम निर्बाधरुपमा अघि बढ्न सकेको छैन ।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology