मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

राजनीतिक दल

प्रविधि

शिक्षा

हेटौंडा उपमहानगरपालिका

सगरमाथा

मेयर्स फोरम

न्यायिक समिति

नरैनापुर गाउँपालिका

बारेकोट गाउँपालिका

बागलुङ नगरपालिका: जहाँ गोरु पाल्दा पाईन्छ अनुदान

बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत ५ हजारका दरले रकम वितरण गरेको हो ।

Mayorsap

शनि, साउन ५, २०८१ | २२:०६ बजे

बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् ।

 

बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत ५ हजारका दरले रकम वितरण गरेको हो ।

 

नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात आर्थिक वर्ष २०८०र८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि चार लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा सो बजेटबाट ८१ हल गोरु पाल्ने किसानले पाँच हजारका दरले अनुदान रकम दिएको छ ।

 

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले  ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको नगर उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० वटा निवेदन सङ्कलन भएकोमा प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology