कमला नगरपालिकामा खुल्यो कित्ताकाट
कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवले स्थानीयस्तरमा छुट्टै मापदण्ड नभएका कारण समस्या भएको जनगुनासोपछि मापदण्ड बनाएर कार्यान्वयनमा ल्याइएको हो ।
Mayorsap
आइत, साउन ६, २०८१ | ०७:०९ बजे
कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड २०८१ कार्यान्वयनमा ल्याएको छ ।
कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवले स्थानीयस्तरमा छुट्टै मापदण्ड नभएका कारण समस्या भएको जनगुनासोपछि मापदण्ड बनाएर कार्यान्वयनमा ल्याइएको हो । नेपाल सरकारले जग्गा वर्गाीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरे पनि जग्गा वर्गीकरण मापदण्ड नभएका कारण यहाँ खरिदबिक्रीलगायत जग्गा कारोबार रोकिएको थियो ।
नगरपालिकाले मापदण्ड पारित भएसँगै कार्यान्वयन प्रक्रिया पनि सुरू गरेको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ का मापदण्ड तथा आधारलाई टेकर नगरले आफ्नो छुट्टै ऐन बनाएको हो ।