मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

गौशाला नगरपालिकामा अदालतको आदेशविपरीत सर्वसाधारणको घरटहरामा डोजर (आदेशसहित)

बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो।

Mayorsap

सोम, साउन ७, २०८१ | ०५:२५ बजे

महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको विषय विवादित बनेको छ ।

 

वडा न।७ मनहरवास्थित  राष्ट्रिय आधारभूत विद्यालयको  जग्गा कब्जा गरेर उनीहरूले जबर्जस्ती बसोबास गर्दै आएको आरोपमा गत शुक्रवार नगरले डोजर चलाएको थियो । बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो। तर, २०५५ चैत्र २२ गते पारित भएको राजीनामापत्रअनुसार उक्त जग्गा गाउँ ब्लकको नाममा उनीहरुलाई नै पास गरिएको देखिएको छ । नगरपालिकाले तीनै जना सहनीहरूलाई ३ कठ्ठामा रहेको उक्त जग्गा खाली गर्न केही समयअगाडि पत्र थमाएपछि उनीहरु उच्च अदालत जनकपुरमा पुगेका थिए ।

 

बनारसी देवी मलाहाको नाममा  दायर भएको निषेधाज्ञा रिट उपर उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै यथास्थानमा रहेका सहनीहरूको बसोबास सोही ठाँउमा सुनिश्चत गर्न आदेश समेत जारी गरेको छ । नगरपालिकाले दाबी गर्ने आधार नदेखिएको हुँदा बसोबास गरेको ३ कठ्ठा जग्गा उनीहरुको नै स्वामित्वमा भएको र कसैले हस्तक्षेप गर्न नहुने उच्च अदालतले २०८१ जेठ १८ गते जारी गरेको अन्तरिम आदेशमा उल्लेख छ ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology