मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

नलगाड नगरपालिका

रास्कोट नगरपालिका

बसाइँसराइ

मेलमिलाप केन्द्र

विश्व सम्पदा

राप्तीसोनारी गाउँपालिका–८मा वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए ।

Mayorsap

मंगल, साउन ८, २०८१ | ०३:०९ बजे

बाँकेका सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको छ ।

 

राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए । पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याइएको हो। यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ ।

 


अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उनले बताए । पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology