खार्पुनाथ गाउँपालिकाको प्रसूतिगृहमा ताला
निर्माण कम्पनीले प्रसूतिगृह भवन निर्माण गरेको जग्गाको मूल्य नतिरेपछि विद्यालय व्यवस्थापन समितिले उक्त भवनमा ताला लगाएको हो।
Mayorsap
बुध, साउन ९, २०८१ | ०४:२५ बजे
खार्पुनाथ गाउँपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लागेको छ।
निर्माण कम्पनीले प्रसूतिगृह भवन निर्माण गरेको जग्गाको मूल्य नतिरेपछि विद्यालय व्यवस्थापन समितिले उक्त भवनमा ताला लगाएको हो। निर्माण कम्पनीका प्रतिनिधि कर रावल र विद्यालय व्यवस्थापन समितिबीच विद्यालयको खाली जग्गामा प्रसूतिगृह भवन निर्माण गर्ने र ६ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको थियो। तर, निर्माण कम्पनीले रकम नदिएपछि सञ्चालनमा रहेको प्रसूतिगृहमा ताला लगाइएको हो।
विद्यालय अभिभावक संघका अध्यक्ष सङ्केश रावलको नेतृत्वमा गएको टोलीले ताला लगाएपछि दुईकोठे प्रसूतिगृहमा सेवा ठप्प भएको छ।