मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

जब कालीगण्डकी गाउँपालिका ज्येष्ठ नागरिकले गाउँमै सुरक्षा भत्ता पाए....

तम्घास कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् ।

Mayorsap

आइत, साउन १३, २०८१ | ०६:४८ बजे

गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा यहाँका ज्येष्ठ नागरिकमा खुसी छाएको छ ।

 

तम्घास कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् । कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ७५ वर्षीय पार्वती पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैंकमा जानुपर्ने समस्याबाट मुक्त भएको बताएकी छन। सोही वडाका १०८ वर्षीय तुल्सीराम भट्टराई, कौसिला पाण्डे र थानिश्वरा पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा स्थानीय सरकार साथमा रहेको अनुभूति प्राप्त भएको जनाएका छन।

 


वडाभित्र ज्येष्ठ नागरिक १८७, दलित ज्येष्ठ नागरिक २२, एकल महिला २४, बाल संरक्षण ३१, पूर्ण अपाङ्ग १९ र अति अशक्त अपाङ्ग २० जना रहेको सामाजिक परिचालक मोनिका बस्यालले जानकारी दिइन ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology