मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काठमाडौं महानगरको ६१ प्रतिशत विवाद वडामै समाधान

महानगरले हरेक वडामा सञ्चालन गरेको मेलमिलाप केन्द्रले वडास्तरमा निम्तिएका विवादमध्ये ६१ प्रतिशत विवाद वडामै समाधान गरेका हुन् ।

Mayorsap

शुक्र, साउन २५, २०८१ | १५:२० बजे

काठमाडौं महानगरपालिकामा ६१ प्रतिशत विवाद वडामै समाधान भएका छन् । महानगरले हरेक वडामा सञ्चालन गरेको मेलमिलाप केन्द्रले वडास्तरमा निम्तिएका विवादमध्ये ६१ प्रतिशत विवाद वडामै समाधान गरेका हुन् ।

 

शुक्रबार महानगरले आयोजना गरेको ‘विवाद व्यवस्थापन वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले वडामै विवाद समाधान हुँदा न्यायिक समितिको कार्यबोझ घटेको र वडास्तरमै मेलमिलापको अभ्यास भइरहेको बताइन् ।

 

महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन हुने व्यवस्था छ । कानूनले नै स्थानीय तहको क्षेत्रभित्र उत्पन्न विवादहरु समाधान गर्न न्यायिक समितिको कार्यक्षेत्र तोकेको बेलामा काठमाडौं महानगरपालिकाले भने न्यायिक समितिमार्फत् वडास्तरमै मेलमिलाप केन्द्रहरु सञ्चालन गरी त्यसलाई व्यवस्थित गरेको हो ।

 

 

 

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology