मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

नरहरिनाथ गाउँपालिकाद्वारा किसानलाई गोठालो भत्ता वितरण सुरु

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता कार्यक्रमअन्तर्गत मासिक एक हजार रुपैयाँ दिएकाे छ ।

Mayorsap

बुध, साउन ३०, २०८१ | १४:२३ बजे

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले किसानलाई पशुपालनमा आकर्षित गराउन गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता कार्यक्रमअन्तर्गत मासिक एक हजार रुपैयाँ  दिएकाे छ । 

 

पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए ।  उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख गाई भैँसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो ।

 

गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भने, “गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रूपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।”

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology