मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

अस्पतालमा शय्या अभाव, त्रिपालमुनि उपचार व्यवस्था

रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ ।

Mayorsap

बिही, साउन ३१, २०८१ | ११:३३ बजे

रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ ।  



दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिए । शय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उनको भनाइ छ।  



अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखिएको छ । तत्कालका लागि चारवटा शय्या राखिएको र आवश्यक परेको अवस्थामा केही शय्या अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाइ छ । इमरजेन्सी वार्डसमेत भरिएपछि वैकल्पिक रूपमा शय्याको व्यवस्थापन गरिएको छ । 



हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । मनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लुलगायतका बिरामीहरू बढिरहेकाले वैकल्पिक शय्या थपिएको अध्यक्ष कुसारीले बताए । बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको अध्यक्ष कुसारीले उल्लेख गरे । 



२०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको गुनासो छ । सेवा प्रवाहका हिसाबले यो अस्पताल अब्बल छ ।  



हाल जिल्ला अस्पतालबाट बाल रोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेको छ । यसअघि हाड जोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवा समेत तत्काल सुचारु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्ला वर्षमा जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीको चाप बढ्दै गएको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology