मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

खुम्बु क्षेत्रका हिमताल फुटेको अनुमान : दुधकोशी तटीय क्षेत्रमा जोखिम

खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरु बगाएको छ ।  हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम  बढेकाे छ ।

Mayorsap

शुक्र, साउन ३२, २०८१ | १६:१६ बजे

खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरु बगाएको छ ।  हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम  बढेकाे छ ।  

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका केही हिमताल फुट्दा थामे बस्तीका केही घर र होटलहरु बगाएको हो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

सोलुका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘सोलु सदरमुकामबाट पैदल हिँडेर जाँदा चार–पाँच दिन लाग्न सक्छ, गाडी जाने मोटरबाटो छैन, यहाँ हेलिकोप्टर पनि छैन, त्यसैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग हेलिकोप्टरका लागि समन्वय गरिदिन आग्रह गरेका छौं । हिमताल वा हिम पहिरो के फुटेको टुङ्गो लागेको छैन र त्यसको मुहान कहाँ छ यकिन भएको छैन । ’’


तर खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले थामे खोलाको शिरमा रहेका हिमतालहरु फुटेर बाढी आएको जानकारी दिनुभयो ।  

उक्त क्षेत्रमा संचार सम्पर्क पनि स्थापित हुन नसकेकाले कतिवटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाको भनाइ छ । 


सिंगो थामेमा बाढी पसेको र एउटा होस्टल र दुई वटा होटलहरु पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयो ।  

थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनु भयो ।  

तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल समेत गरेको छ । दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरुमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुराएको हो भन्ने यकिन भने हुन सकेको छैन । 

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ । 

-गोर्खापत्र

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology