मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

भजनी नगरपालिकामा बाढिले  खेतमै उम्रियो चैते धान

भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ ।

Mayorsap

आइत, भदौ २, २०८१ | ०८:५८ बजे

कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । 
 


भजनी नगरपालिकाको कार्यालयका अनुसार यस वर्ष भजनीमा आठ सयदेखि नौ सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । जसमध्ये धेरै किसानले चैते धान भित्र्याए पनि असार अन्तिमसम्म नभित्र्याएको किसानको चैते धान खेतमा नोक्सान भएको कृषि शाखाका अधिकृत सुशोभन अधिकारीले जानकारी दिए।  



उनले भने, “असार २३ र २४ गते आएको बाढीले चैते धान खेतीमा नोक्सान गरेको हो । त्यसभन्दाअगाडि धेरै जसो किसानले धान भित्र्याइसकेका थिए ।” 



उनका अनुसार बाढीले चैते धान खेतीमा गरेको क्षतिको विवरण वडा कार्यालयले सङ्कलन गरिरहेको छ । क्षतिको विवरण पालिकामा अझै आइपुगेको छैन ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology