काठमाडौं महानगरपालिकाद्वारा ‘स्वच्छ भान्सा’ कार्यक्रम अन्तर्गत ४ सय व्यवसायीलाई खाद्य स्वच्छता तालिम
काठमाडौं महानगरपालिकाले ‘स्वर्णीम आयोजना’ अन्तर्गत ‘स्वच्छ भान्सा’ कार्यक्रममार्फत ढावा, भोजनालय, खाजा घर लगायत साना तथा मध्यम स्तरका करिब ४ सय व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिरहेको छ ।
Mayorsap
आइत, भदौ २, २०८१ | १६:४८ बजे
काठमाडौं महानगरपालिकाले ‘स्वर्णीम आयोजना’ अन्तर्गत ‘स्वच्छ भान्सा’ कार्यक्रममार्फत ढावा, भोजनालय, खाजा घर लगायत साना तथा मध्यम स्तरका करिब ४ सय व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिरहेको छ ।
यो फुड सेप्टी बुट क्याम्प ९खाद्य स्वच्छता प्रवर्द्धन शिवि आज र भोलि अर्थात् भदौ २ र ३ गते दरबार हाई स्कुलमा बिहान ११ः३० बजे देखि सञ्चालन भईरहेको छ ।
कार्यक्रमले काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालन भइरहेका खाद्य व्यवसायीहरूलाई स्वच्छता र स्वास्थ्य सुरक्षाका मापदण्डहरूमा थप सचेत बनाउने उद्देश्य राखेको छ।