मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

विजयपुरवासीको दुर्गम यात्रा: स्थानीय तह पुनर्संरचनाले सुगमबाट दुर्गम बनाए!

पुर्चौडी नगरपालिका-१० का विजयपुरवासीहरूले स्थानीय तह पुनर्संरचनाका कारण आफ्नो दैनिक यात्रा सुगमतिरभन्दा दुर्गमतिर मोडिएको गुनासो गरेका छन्।

Mayorsap

सोम, भदौ ३, २०८१ | १२:१७ बजे

पुर्चौडी नगरपालिका-१० का विजयपुरवासीहरूले स्थानीय तह पुनर्संरचनाका कारण आफ्नो दैनिक यात्रा सुगमतिरभन्दा दुर्गमतिर मोडिएको गुनासो गरेका छन्। नगरपालिकाको सेवा लिन उनीहरूले एक दिन पैदल हिँड्नुपर्ने अवस्था छ। 



तर, हाटबजार, क्याम्पस, औषधि उपचार लगायतका सेवाहरू एक घण्टाको दुरीमा रहेको छिमेकी दोगडाकेदार गाउँपालिकाबाट सजिलै प्राप्त गर्न सक्छन्। साबिकको विजयपुर गाविसलाई पुर्चौडी नगरपालिका-१० मा गाभिएपछि विजयपुरवासीको यात्रा सुगमबाट दुर्गमतर्फ मोडिएको हो। 



विजयपुरवासीले दैनिक उपभोग्य वस्तु किनमेल र कृषि उपज बिक्रीका लागि दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा बजार पुग्नुपर्ने भएको छ। यस्तै, जिल्ला सदरमुकाम, प्रदेश राजधानी धनगढी, र काठमाडौँ जान पनि उनीहरू सोही बजार झर्ने गरेका छन्। 



स्थानीय तह पुनर्संरचनाका बेला नेताहरूले आफ्नो पकड क्षेत्रका आधारमा गाउँपालिका/नगरपालिका निर्माण गर्दा धेरैजसो वडाका स्थानीयलाई सुगमतिरबाट दुर्गमतिर जान बाध्य बनाइएको नागरिक अगुवा कर्णदयाल सोडारी बताउछन । 



यस क्षेत्रका धेरैजसो वडाका बासिन्दाहरूले जिल्ला सदरमुकाम पुग्न सजिलो भए पनि आफ्नै पालिका कार्यालयमा पुग्न कठिनाइ भोगिरहेका छन्। 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology