बाँकेका तीन पालिकामा झाडापखाला र हैजाको प्रकोप
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको हो ।
Mayorsap
बिही, भदौ ६, २०८१ | ०९:१७ बजे
बाँकेका तीन पालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको छ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जिल्लाका तीनवटा पालिकाका केही ठाउँमा झाडापखाला देखिएको र केही ठाउँमा हैजाजन्य रोगको लक्षण पनि देखिएको जनाउँदै ती स्थानबाट संकलन गरिएका नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए ।
जिल्लाका तीन वटा पालिकामा हैजाका बिरामी भेटिएपछि स्वास्थ्य कार्यालय बाँकेले पानी शुद्धीकरण गरेर मात्र पिउन सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेको छ।